१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


अफ्रिकी–अमेरिकी इतिहास अब संग्रहालयमा


0
Shares

वासिंटन, असोज ९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी–अमेरिकी इतिहाससँग सम्बन्धित ऐतिहासिक संग्रहालयको उद्घाटन गरेका छन् ।

मेरिकाको वाशिङटन डीसीको नेशनल पार्क मलमा रहेको यो संग्रहालय उद्घाटनलगत्तै सर्वसाधारणका लागि खुला गरिएको छ ।

संग्रहालय स्वतन्त्रताका लागि गरिएको साझा यात्राको निशानी बनेको राष्ट्रपति ओबामाको भनाइ छ । ५४ करोड डलर लागतमा बनाइएको यो संग्रहालय बेलायती इन्जिनियर डेविडले तयार पारेका हुन् ।

३६ हजार महत्वपूर्ण वस्तु रहेका संग्रहालय उद्घाटनमा अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुश पनि उपस्थित थिए ।

सन् १९२० को दशकमा प्रयोगमा ल्याइएको रेल र ऐतिहासिक कारहरु संग्रहालयमा राखिएका छन् । सन् १९१५ मा अमेरिकाको गृहयुद्धमा संलग्न अफ्रिकी सैनिकहरुले अमेरिकी संग्रहालय खोल्न पहिलो पटक प्रस्ताव गरेका थिए भने सन् २००३ मा मात्रै अमेरिकी कांग्रेसले संग्रहालय निर्माण गर्न स्वीकृति दिएको थियो ।

३७ हजार २ सय वर्गमिटरमा फैलिएको यो संग्रहालय चार बर्षमा निर्माण सम्पन्न भएको हो । (एजेन्सी)