५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एक हजार ५ सयजनाको मिर्गौला परीक्षण गर्दा चारजनाको मिर्गौला ‘काम नलाग्ने’


0
Shares

पर्वत, असोज ९ । चेतनाको अभावमा लामो समयदेखि मिर्गौला परीक्षण गर्न नसकेका र मिर्गौला रोगबाट ग्रसित बनेका पर्वतका एक हजार पाँच सयभन्दा बढी मानिसको मृगौला परीक्षण गरिएको छ ।

नेपाल किड्नी फाउन्डेसन र अमेरिकाको डाभिटा भिलेज ट्रस्टले गरेको दुई दिने शिविरमा फलेवासका पाँच सय ३८ र कुश्माबजारका एक हजारभन्दा बढीको परीक्षण गरिएको हो ।

लायन्स क्लव अफ शिवालय र लायन्स क्लव अफ मोदिकालीको व्यवस्थापनमा सम्पन्न शिविरमा स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले सेवा उपलब्ध गराएका थिए ।

शिविरमा बिरामीको पिसाव, रगत र रक्तचापका साथै मिर्गौला परीक्षण गरिएको थियो । शिविरमा चार जनाको मिर्गौला पूर्ण रुपमा बिग्रिएको पाइएको थियो ।

अमेरिकाका दुईजना विशेषज्ञ चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए ।