१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कीर्तिमानी प्रदर्शन गर्दै भूमिराजले जिते काठमाडौं म्याराथन, कोजुको पनि कीर्तिमान


0
Shares

काठमाडौं, असोज ८ । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै नेपाल पुलिस क्लबका भूमिराज राईले १०औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

शनिबार भएको प्रतियोगितामा निर्धारित् दूरी २ घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गर्दै भूमिराजले उपाधि जितेका हुन् ।

दोस्रो भएका कृष्ण बस्नेतले निर्धारित् दूरी २ घन्टा २१ मिनेट ४६ सेकेन्डमा पूरा गरे ।

यो जितसँगै भूमिराजले घरेलु प्रतियोगितामा कीर्तिमान कायम गरेका छन् । यसअघि भएका कुनैपनि घरेलु प्रतियोगितामा कुनैपनि खेलाडीले उक्त समयमा सो दूरी पार गर्न सकेका छैनन् ।

यद्यपि, ओपम्पियन बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुदमा बनाएको २ घन्टा १५ मिनेटको कीर्तिमान भने दक्षिण एसियामै तोडिएको छैन ।

प्रतियोगितामा महिलातर्फको म्याराथनमा राष्ट्रिय कीर्तिमान कायम गर्दै सशस्त्र प्रहरीकी कान्छीमाया कोजु प्रथम भएकी छन् । उनले निर्धारित् दूरी २ घन्टा ५५ मिनेट ५७ सेकेन्डमा पूरा गरिन् ।

प्रतियोगिताअन्तर्गत् पुरुष हाफ म्याराथनतर्फ आर्मीका हरिकुमार रिमाल पहिलो हुँदा महिलातर्फ आर्मीकै सानुमाया कार्की विजयी भइन् ।

यस्तै, ५ किलोमिटर खुलाअन्तर्गत् पुरुषतर्फ रामजी बस्नेत शीर्ष स्थानमा रहँदा महिलातर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन् ।