५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पुस्तकालयलाई सक्दो सहयोग गर्ने ओलीको वचन


0
Shares

काठमाडौं, असोज ८ । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले शनिबार १३औं स्थापना दिवस मनाएको छ ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकालय दयनीय अवस्थामा रहेको टिप्पणी गर्दै पुस्तकालयको स्तरोन्नतिको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष डा. नारायण खड्काले आधुनिक समाजको निर्माणमा सार्वजनिक पुस्तकालयको महत्वपूर्ण भूमिका हुने बताए ।

पुस्तकालय समाज राजनीतिज्ञ, प्राज्ञ, नेपाली कुटनीतिज्ञ, शिक्षविद्, व्यवसायी र पत्रकारलगायतको प्रयासमा आजभन्दा १३ वर्षअघि स्थापना भएको हो ।

भृकृटीमन्डप परिसरको सानो भवनमा सन्चालित उक्त पुस्तकालय विभिन्न विषयमा जानकारी हासिल गर्न चाहने सर्वसाधारणको लागि निकै उपयोगी मानिएको छ ।