१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डोनाल्ड ट्रम्पलाई क्रूजको समर्थन


0
Shares

काठमाडौं, असोज ८ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि राहत मिलेको छ ।

उम्मेदवारीका लागि उनीसँगै प्रतिष्पर्धामा रहेर बाहिरिएका टेड क्रूजले ट्रम्पलाई समर्थन गरेपछि केही राहत मिलेको हो ।

आफ्नो अभिव्यक्ति शैलीका कारण पार्टीभित्रै वरिष्ठ नेताबाट समेत आलोचित बनिरहेका ट्रम्पका लागि क्रूजको समर्थन थोरै भएपनि राहत बनेर आएको हो ।

टेक्सासका सीनेटर टेड क्रूजले फेसबुकमार्फत् समर्थन दिने घोषणा गरेका हुन् । निकै लामो सोचविचार र विवेकसमेतलाई ख्याल गरी ट्रम्पलाई भोट दिने निर्णयमा पुगेको क्रूजले जनाएका छन् ।

हिलारी क्लिन्टनलाई राष्ट्रपतिका रुपमा आफूले देख्न नचाहेकाले पनि ट्रम्पलाई भोट दिनुको विकल्प आफूसँग नरहेको उनले उल्लेख गरेका छन् । अमेरिकामा आगामी नोभेम्बरमा निर्वाचन गरिँदैछ । (एजेन्सी)