१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


जापानमा शक्तिशाली भूकम्प


0
Shares

टोक्यो, असोज ७ । पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको छ ।

सो भूकम्प ६.४ म्याग्निच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रबिन्दू कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ ।

जापानको मौसमविज्ञान विभागकाअनुसार भने यो भूकम्प ६.५ म्याग्निच्यूडको मापन गरिएको छ ।

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो ।

गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो ।

यस भूकम्पपछि एक हजार सात सयपटक पराकम्पनहरु महसुस गरिएको जापानी सन्चारमाध्यमले बताएको थियो । रासस/एएफपी