७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चमेलिया विद्युत आयोजनाको बाँकी काम अब १० महिनामै सकिने


0
Shares

काठमाडौं, असोज ७ । चमेलिया जलविद्युत आयोजनको खुम्चिएको सुरुङ पुनर्निर्माणको भुक्तानी नपाएको भन्दै डेढ वर्षदेखि काम रोकेको आयोजनाको ठेकेदार काम गर्न तयार भएको छ ।

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको दबाबपछि बाँकी काम गर्ने भएको हो ।

उर्जामन्त्री जनार्दन शर्माले १० महिनाभित्र आयोजनाको सम्पूर्ण काम पुरा गर्न प्राधिकरण र चिनियाँ ठेकेदार चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई निर्देशन दिएका छन् ।

भुक्तानी र अन्य समस्या मन्त्रालयले समाधान गर्ने तर अन्य कारण देखाएर काम नरोक्न मन्त्री शर्माले दबाब दिएपछि ठेकेदार सकारात्मक देखिएको छ ।

२०७४ असार सम्म काम पुरा गर्न प्राधिकरण तथा आयोजना, ठेकेदार र परामर्शदाताबीच ८ बुँदे त्रिपक्षीय प्रतिबद्धता भएको छ । –नागरिक दैनिकबाट