७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आइएसलाई सघाएको आरोपमा मलेसियाबाट एक नेपाली निस्कासित


0
Shares

काठमाडौं, असोज ७ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) लाई सघाएको आरोपमा मलेसियाले एक नेपाली नागरिकलाई देशनिकाला (डिपोर्ट) गरेको छ ।

होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आईएसको सहयोगी रहेको आरोपमा पक्राउ परेकामा उनलाई देशनिकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

देश निकाला गरिएको भनिएका ती नेपालीको नाम खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरक्कोका नागरिक पनि पक्राउ परेको त्यहाँका प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली र बंगलादेशीलाई देश निकाला गरिए पनि मोरक्कोका नागरिकलाई हिरासत मै राखिएको छ ।

आरोपित नेपालीलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी सेप्टेम्बर २ मा देश निकाला गरेको विज्ञप्तिमा उल्लेख छ । –कान्तिपुर दैनिकबाट