५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


लघु, घरेलु तथा साना उद्योग महासंघको सूचना प्रणाली उद्घाटन


0
Shares

काठमाडौं, असोज ६ । लघु, घरेलु तथा साना उद्योग महासंघले जिल्लागत तथ्यांक राख्न सूचना प्रणाली प्रयोगमा ल्याएको छ ।

महासंघले डीएफआइडीको सहयोगमा सहयोगमा ‘म्यानेजमेन्ट इन्र्फोमेसन सिस्टम सफ्टवेयर’को विकास गरेको हो ।

महासंघले विहीबार राजधानीमा गरेको कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले यस सूचना प्रणालीको उद्घाटन गरे ।

यसबाट जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगीहरुको तथ्यांकको विद्युतीय रेकर्ड राखिने महासंघले जनाएको छ ।

जिल्लास्थित महासंघका शाखाहरुले अनलाइनमार्फत् उपलब्ध गराउने लघु, घरेलु तथा साना उद्योगहरुको सूचनाका आधारमा केन्द्रीय कार्यालयले सूचना व्यवस्थापन गर्ने महासंघले जनाएको छ ।

पहिलो चरणमा उपत्यकाका तीन जिल्लासहित सुनसरी, धनुषा, सिन्धुपाल्चोक, बाग्लुङ, दैलेख, बर्दिया र कन्चनपुरका तथ्यांक राख्ने काम भएको महासंघले जनाएको छ ।