१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


भेनेजुएलामा बस चालकहरुले आठ घण्टासम्म सडक अबरुद्ध गराए


0
Shares

काठमाडौं, असोज ६ । भेनेजुएलामा बस चालकहरुले आठ घण्टासम्म सडक अबरुद्ध गर्दा राजधानी काराकासको जनजीवन अस्तब्यस्त बनेको छ ।

बस चालकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै शहरका विभिन्न ठाउँमा आठ घण्टा चक्का जाम गर्दा स्कुल, कलेजसहित सरकारी कार्यालयसमेत ठप्प बने ।

त्यसैगरी राजधानीको व्यापार व्यवसायसमेत ठप्प बनेको थियो । सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गर्दा पनि सफल हुन सकेको थिए ।

भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको कार्यकालदेखिको माग वर्तमान राष्ट्रपति निकोलस मादुरोको पालामा समेत पूरा नभएको भन्दै उनीहरुले सरकारलाई दबाब दिन चक्काजाम गरेका हुन् ।

चालकहरुले देशको आर्थिक संकटप्रति पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सरकारले भने प्रदर्शनकारीका मागप्रति कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)