
काठमाडौं, असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताका बुधबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर युनाईटेडले नर्थह्याम्पटन टाउनलाई ३–१ ले हरायो ।
म्यानयुका लागि माइकल क्यारीक, एण्डर हरेरा र मार्कस रास्फोर्डले एक–एक गोल गरे ।
तेस्रो चरणकै अर्को खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । म्यान सिटीको जितमा गेईल क्लीसी र अलेक्स गार्सीयाले एक–एक गोल गरे ।
राति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले गिलिङ्घमलाई ५–० ले हराउँदा हल सिटीले स्टोक सिटीलाई २-१ ले पराजित गर्यो ।
लिग कप फुटबल तेस्रो चरणका अन्य खेलहरुमा विजयी हुँदै सण्डरल्याण्ड, साउथह्याम्पटन, वेष्ट ह्याम युनाईटेड र ब्रिस्टोल सिटी पनि चौथो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्