१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


अमेरिकी सैनिक क्याम्पमा आइएसले गर्‍यो रकेट आक्रमण


0
Shares

काठमाडौं, असोज ६ । इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ ।

इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो ।

आक्रमणमा क्याम्पमा रहेकाहरुमा कुनै क्षति भएको छैन । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् ।

इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो । (एजेन्सी)