
वासिंटन, असोज ५ । अमेरिकाका एउटा गाईले अनौठो बाच्छी जन्माएको छ ।
केन्टुकीको एउटा फार्ममा पालिएको गाईले चार आँखा र दुई मुख भएको बाच्छी जन्माएको हो । बाच्छी तन्दुरुस्त रहेको बताइएको छ ।
बाच्छीको टाउकाको माथिल्लो भाग एउटै भए पछि आँखादेखि मुखसम्म दुईवटा टाउकोको स्वरुप छ । चारवटा आँखा भए पनि बीचका दुई आँखा भने काम लाग्ने अवस्थामा नरहेको बताइएको छ ।
स्टान म्याक कुबिनको फार्ममा यस्तो बाच्छीको जन्म भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्