१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सिरिया घट्नामा अमेरिकाले रुसलाई लगायो यस्तो आरोप


0
Shares

काठमाडौं, असोज ५ । अमेरिकाले सिरियाको राहत सामग्री बोकेको ट्रकमा आक्रमणमा रुस जिम्मेवार भएको आरोप लगाएको छ ।

सिरियाको एलेप्पो शहरमा राहत सामग्री बोकेको ट्रकमा सिरियाली सेनाले आक्रमण गर्दा एक रेडक्रस अधिकारीसहित २० जना मारिएको घटनाप्रति अमेरिकाले खेद प्रकट गर्दै रुसलाई जिम्मेवार ठहराएको हो ।

रुसले भन्ने घटनामा आफनो संलग्नता अस्वीकार गर्दै आएको छ ।

यता, राष्ट्रसंघले भने सिरियामा सहायता सामग्री पुर्‍याउने जिम्मेवारी पाएका सबैलाई निलम्बन गरेको छ ।

एलेप्पोमा मानवीय सहायता सामग्री बोकेर गएका ट्रकमा आक्रमण गरिएपछि त्यसको जिम्मा पाएका सबै निलम्बनमा परेका हुन् ।

सहायता सामग्री लिएर एलेप्पो जान टर्कीको सीमा क्षेत्रमा सहायता सामग्री बोकेर रहेका ३१ मध्ये १८ ट्रक क्षतिग्रस्त भएका छन् । (एजेन्सी)