११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यी हुन् काठमाडौंका विद्यालयमा बम विस्फोट गराउने अभियुक्त, प्रहरी के भन्छ ? (भिडियोसहित)


0
Shares

अपडेट
काठमाडौं, असोज ४ । नेपाल प्रहरीले मंगलबार राजधानीका विद्यालय क्षेत्रमा विस्फोट गराउने गिरोहका दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार साँझ महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीले पत्रकार सम्मेलन गरी विस्फोटमा संलग्न रामेछापका शंकरबहादुर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

विस्फोटको घटनाका ‘मुख्य योजनाकार’ भने मीन देवकोटा र सुमन श्रेष्ठ रहेको पनि प्रहरीले जनाएको छ ।

देवकोटा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र र श्रेष्ठ योङ कम्युनिस्ट फोर्सका संयोजक रहेको प्रहरीले जनाएको छ ।

यिनीहरु दुबै माओवादीका पूर्वलडाकुहरु रहेको अनुसन्धानबाट खुलेको र उनीहरुले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

लाखे, तामाङ र देवकोटा केही महिनाअघि राजधानीमै एउटा विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेको र अदालतको आदेशमा दुई साताअघिमात्रै छुटेका पटकेहरु भएको पनि प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्