१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


शानदार जितसँगै श्रीकुमारी शीर्ष स्थानमा उक्लियो, एनआरटी तेस्रोमा झर्‍यो


0
Shares

काठमाडौं, असोज ४ । श्रीकुमारी क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै श्रीकुमारी शीर्ष स्थानमा पुगेको हो ।

श्रीकुमारीलाई जिताउनेक्रममा निरबहादुर आलेले दुई तथा कुलदीप कार्की, टंकबहादुर सिंदेन र सन्जीवकुमार कार्कीले एक–एक गोल गरे ।

त्यस्तै, सशस्त्र प्रहरी मुख्यालय हलचोक मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एसोसिएसन क्लबलाई २–१ ले हरायो ।

मंगलबारै भएको अर्को खेलमा च्यासल युथ क्लबले महावीर क्लबलाई १–० ले पराजित गर्‍यो ।

यी खेलसँगै लिगमा श्रीकुमारी ९ खेलबाट २० अंकसहित शीर्ष स्थानमा पुग्दा १९ अंकसहित च्यासल दोस्रो स्थानमा पुगेको छ । ८ खेलबाट १८ अंकको एनआरटी तेस्रो स्थानमा झरेको छ ।