१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ४ । अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति जोसेफ काबिलाको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा १७ जना मारिएका हुन् । मारिनेमा तीन जना सुरक्षाकर्मी पनि रहेको बताइएको छ ।

राजधानी किनसासामा प्रदर्शकारीले ठाउँठाउँमा आगजनी गर्नुका साथै सरकारी कार्यालयहरुमा समेत तोडफोड गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको हो ।

राष्ट्रपति काबिलाले निर्वाचन घोषणा नगरेकाले राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शकारीहरुले सरकारविरुद्ध नारा लगाएका थिए ।

कंगोको निर्वाचन आयोगले नोभेम्बरमा निर्वाचन मिति घोषणा गर्ने बताए पनि राष्ट्रपतिले आनाकानी गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ ।

प्रदर्शनकै क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (एजेन्सी)