
काठमाडौं, असोज ४ । रुसका पावेल काशिन खतरनाक स्टन्ट गर्न माहिर थिए । उनी यस्ता स्टन्ट गर्न रुचाउँथे । एउटा स्टन्ट उनको जीवनको अन्तिम क्षण बनेर आउँछ भन्ने उनलाई के थाहा ? १६ तले भवनको छतमा रहेको बरण्डामा ‘उल्टी जम्प’ गर्ने क्रममा सन्तुलन गुमाएर उनी जमिनमा खसे । उनको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनुअघि लिइएको यो तस्वीर उनको जीवनकै अन्तिम तस्वीर बन्यो ।
चीनको वुहान याङ्गत्जे नदीको पुलमा उभिएर एक फोटोग्राफर कुहिरोको तस्वीर लिइरहेका थिए । उनको क्यामेराको कोण मै पर्नेगरी केही पर पुलबाट एक दम्पत्ती हामफाले । संयोगले दम्पत्तीमध्ये एकजनाको तस्वीर ती फोटोग्राफरको क्यामेरामा कैद भयो । पालैपालो हामफालेका दम्पत्तीको डुबेर मृत्यु भएको थियो ।
अभिनेता पल वाकरको दुर्घटनामा निधन भएको थियो । सन् २०१३ मा उनी एउटा च्यारिटी कार्यक्रममा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटना हुनुअघि कारमा चढ्न लागेको उनको यो तस्वीर नै जीवनको अन्तिम तस्वीर बन्यो ।
अमेरिकाको भर्जिनिया निवासी कमरोन गल्लागर सन् २०१४ मा एउटा हाफ म्याराथन दौडमा भाग लिइरहेकी थिइन् । १६ वर्षीया छात्रा कमरोनको यो तस्वीर सोही म्याराथन प्रतियोगितामा लिइएको हो । यो तस्वीर नै उनको जीवनको अन्तिम तस्वीर बन्यो किनकि दौड पुरा भएलगत्तै मुटुसम्बन्धी समस्याका कारण उनको निधन भयो ।
गायक जोन लेनन यो तस्वीरमा आफ्ना एक प्रशंसकलाई अटोग्राफ दिइरहेका देखिन्छन् । लेननको अटोग्राफ माग्ने व्यक्ति डेविड च्यापमेन हुन् जो लेननको प्रशंसकसमेत हुन् । तर उनै प्रशंसक च्यापमेनले अटोग्राफ लिएको केही समयपछि लेननको हत्या गरे । च्यापमेनले गोली हानि हत्यागर्नुपूर्व लेननको यो तस्वीर नै उनको जीवनको अन्तिम तस्वीर बन्यो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्