
काठमाडौं, असोज ४ । काठमाडौं र ललितपुरका विभिन्न स्कुल अगाडि राखिएका बम नेपाली सेनाले डिस्पोज गराएको छ ।
दुई वटा स्कुलमा भने बम विस्फोट भएको छ । विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्य आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बौद्धस्थित राई स्कुल, जोरपाटीस्थित बालसंसार स्कुल र माउन्ट युरोल स्कुल, डल्लुस्थित पञ्चकन्या स्कुल र ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्सलगायतका स्कुलमा राखिएका बम सेनाको टोलीले डिस्पोज गराएको हो ।
जोरपाटीको आकाशद्वीप स्कुल र दक्षिणढोकास्थित मनकामना स्कुलमा राखिएको बम भने विस्फोट भएको छ ।
विस्फोटबाट आकाशद्वीप स्कुलको गेटमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बम राखिएका स्थानमा योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।
स्कुलअगाडि बम राख्ने समूहले यसअघि काठमाडौंमा बस जलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्