काठमाडौं, असोज ३ । असोज १५ बाट सुरु हुने दसैंका लागि काठमाडौंबाट मुलुकभरका विभिन्न गन्तव्यसम्म पुग्ने सवारी यात्रुका लागि अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्ने भएको छ ।
आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुबीच भएको बैठकले आगामी शुक्रबार अर्थात् असोज ७ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले व्यावसायीहरुको आग्रह एवं सुझावअनुसार आगामी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको बताए ।
उनले यसपालिको दसैंका लागि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकट बुकिङ सुरु हुने जनाए ।
यसैबीच सरकारले एसी र सुपर डिलक्स बसको भाडा थप २० प्रतिशत बढाएको छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्