१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


म्यानचेस्टर युनाइटेडलाई अर्को झट्का, नवप्रवेशी टिमसँग पराजित


0
Shares

काठमाडौं, असोज २ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई फेरि अर्को झट्का लागेको छ ।

निरन्तर तीन खेल गुमाउने क्रममा म्यानयुले नवप्रवेशी टिम वाट्फोर्टसँग उसकै मैदानमा ३–१ को हार बेहोरेको छ ।

खेलको ३४ औं मिनेटमा गोल खाँदै म्यानयु पछाडि परेको थियो । ६२ औं मिनेटमा मार्कस रसफोर्डले गोल फर्काउँदै बराबरी गरे । तर त्यसपछि निरन्तर दुई गोल खाँदा म्यानयु ठूलो हार बेहोर्न बाध्य भएको छ ।

यसअघि गत हप्ता म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीसँग घरेलु मैदानमा पराजित भएको म्यानयु युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा पनि डच क्लवसँग पराजित भएको थियो ।