१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सातदोबाटोले बाँसबारीलाई पराजित गर्दा ब्वाइज युनियन र नयाँबस्तीको बराबरी


0
Shares

काठमाडौं, असोज २ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लव विजयी भएको छ ।

सशस्त्र मुख्यालय हलचोकमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लवलाई १–० ले हरायो ।

खेलको ८१ औं मिनेटमा कृष्ण रुम्बाले गरेको गोल नै सातदोबाटोलाई जिताउन निर्णायक गोल बन्यो ।

त्यस्तै ब्वाइज युनियन र नयाँबस्ती युथ क्लवबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

यो खेलसँगै लिगमा ७ खेलबाट १७ अंक जोडेको एनआरटी शीर्ष स्थानमा कायमै रहँदा ८ खेलबाट १७ अंक नै जोडेको श्रीकुमारी दोस्रो स्थानमा छ । त्यस्तै ८ खेलबाट १६ अंकसहित च्यासल तेस्रो स्थानमा छ ।

आरसीटी १४ अंकसहित चौथो, पुल्चोक १३ अंकसहित पाँचौं तथा १३ अंक नै बटुलेको सातदोबाटो छैटौं स्थानमा उक्लिएको छ ।