३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न मन्त्रीको निर्देशन


0
Shares

विराटनगर, असोज २ । स्वास्थ्य मन्त्री गगन थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिएका छन् ।

आइतबार अस्पताल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालमा आएका विरामी उपचार नपाएर बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

अस्पतलामा सेवा सुधारका लागि अझै धेरै प्रयास गर्न जरुरी रहेको भन्दै उनले अस्पतालका लागि आवश्यक उपकरण सहयोग गर्न सरकार तयार रहेको बताए ।

मन्त्री थापाले मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय, शिक्षण अस्पतालको समेत निरीक्षण गरे ।