१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


म्यान्चेस्टर सिटी, आर्सनल र लेष्टर सिटी विजयी


0
Shares

काठमाडौं, असोज २ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा म्यान्चेस्टर सिटी, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् ।

लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४-० ले हरायो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, ईहिनाचो, राहिम स्टर्लीङ र ईके गुन्डोगानले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकाको अग्रतालाई बलियो पारेको छ । प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा आर्सनलले हल सिटीलाई ४-१ ले हरायो ।

खेलमा आर्सनललाई विजयी गराउन अलेक्सीस सान्चेजले दुई गोल गरे भने थियो वाल्कोट र ग्रानिट झाकाले एक एक गोल गरे ।

यसैगरी साविक विजेता लेष्टर सिटीले बर्न्लेलाई ३-० ले हराएको छ । लेष्टरको जीतमा नयाँ खेलाडी ईस्लाम स्लीमानीले दुई गोल गरेभने बर्न्लेका बेन मि ले एक आत्माघाती गोल गरे ।

इंग्लिश प्रिमियर लिगका अन्य खेलहरुमा वेष्ट ब्रोमले वेष्ट ह्याम युनाइटेडलाई ४-२ ले हराँउदा एभर्टनले मिडिल्सब्रोलाई ३-१ ले पराजित गरेको छ ।