१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


श्रीकुमारी, च्यासल र पुल्चोक विजयी


0
Shares

काठमाडौं, असोज १ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् शनिबार भएको खेलमा श्रीकुमारी क्लब, च्यासल युथ क्लब र पुल्चोक स्पोर्टस् क्लब विजयी भएका छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकको मैदानमा भएको खेलमा श्रीकुमारीले टुसाल युथ क्लबलाई २–१ ले हरायो ।

त्यस्तै, च्यासलले मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्‍यो ।

यता, एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले महावीर क्लबलाई ३–१ ले हरायो ।

यो खेलपछि ७ खेलबाट १७ अंक जोडेको एनआरटी शीर्ष स्थानमा कायमै रहँदा ८ खेलबाट १७ अंक नै जोडेको श्रीकुमारी दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै, च्यासल ८ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

आरसीटी १४ अंकसहित चौथो स्थानमा झर्दा १३ अंकसहित पुल्चोक पाँचौं स्थानमा उक्लिएको छ ।