११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


गोली हानी धनकुटामा एकको हत्या


0
Shares

धनकुटा, असोज १ । धनकुटाको डाँडागाउँमा शुक्रबार राति गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

डाँडागाउँ–१ बाटाखर्कका खड्गबहादुर गुरुङले गोली प्रहार गरी धनकुटा नगरपालिका–१४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे बुहारीको घरमा भण्डारीलाई भेटेपछि गुरुङले आवेगमा भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए ।

गोली प्रहारबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक भण्डारी ट्याक्टर चालक हुन् ।

घटनापछि फरार भएका गुरुङलाई शनिबार बिहान पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस