
काठमाडौं, असोज १ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले प्रभावशाली जित हात पारेको छ । शनिबार राति भएको खेलमा बलियो टोली चेल्सीलाई २–१ ले पराजित गर्दै लिभरपुलले दाबेदारी प्रस्तुत गरेको हो ।
खेलको १७ औं मिनेटमा लोभरेनको गोलबाट अग्रता लिएको लिभरपुलले ३६ औं मिनेटमा हेन्डरसनले गोलबाट अग्रता दोब्बर पा¥यो । हेन्डरसनले ३० यार्ड टाढाबाट लोभलाग्दो गरी गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको चेल्सीका लागि ६१ औं मिनेटमा डिएगो कोष्टाले गोल गरी टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल २–१ ले लिभरपुल विजयी भयो । चेल्सी भने जारी प्रतियोगितामा पहिलो पटक हार बेहोर्न बाध्य भयो ।
प्रतियोगिताअन्तर्गत आज पाँच खेल हुँदै छन् । नेपाली समयअनुसार राति पौने ८ बजे आर्सनल र हल सिटी, लेस्टर सिटी र वर्नले, म्यानचेस्टर सिटी र वर्नमाउथ तथा वस्टब्रोम र वेस्ट ह्याम भिड्ने छन् ।
आजै राति सवा १० बजे हुने अर्को खेलमा एभरर्टनले मिडल्सब्रोको सामना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्