७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अख्तियारले थाल्यो लडाकु छानविन, बयानका लागि ३० दिन म्याद


0
Shares

काठमाडौं, असोज १ । अख्तियार दुरुपोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारको छानबिन तीब्र पारेको छ ।

अख्तियारले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरुलाई ३० दिनभित्र बयानका लागि बोलाइएको जानकारी दिएको छ ।

अख्तियार प्रमुख लाकमानसिंह कार्की नियुक्तिबारे पुरानो फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय आएको केही घन्टामै शुक्रबार साँझ पत्रकार सम्मेलन गरी माओवादी सेनाका शिविरको छानबिन तीब्र पारिएको जानकारी दिएको हो ।

‘माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारेको छानविन तदारुकतासाथ अघि बढाएका छौं’ आयोग प्रवक्ता गणेशराज कार्कीले भने,‘यस विषयमा अब हामी छिटो निष्कर्षमा पुग्दैछौं ।

शिविर छानबिनमा मुछिएका माओवादी नेताहरुलाई ३० दिन भित्र आयोगमा आई बयान दिन भनिएको कार्कीले बताए ।

-अन्नपूर्ण पोष्ट दैनिकबाट