
काठमाडौं, भदौ ३१ । फुटबल खेललाई अझै उचाइमा पुर्याउन रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता ‘रेडबुल फुटसल लिग २०७३’ को आयोजना हुने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । असोज १० गतेदेखि राजधानीमा सुरु हुने यो प्रतियोगिता फुटसल क्षेत्रको ठूलो प्रतियोगिता भएको आयोजकको दाबी छ ।
प्रतियोगितामा १६ टिमले सहभागिता जनाउनेछन् । उक्त टिमहरुलाई दुई भागमा विभाजन गरी खेलाइने आयोजकले जनाएका छन् ।
लिग विजेता टिमलाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
साथै सर्वाेत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलरक्षकले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्