
फाइल फोटो
काठमाडौं, भदौ ३१ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा कायमै रहेको छ ।
शुक्रबार हलचोक मैदानमा भएको खेलमा नयाँबस्ती युथ क्लबमाथि २–१ को जित निकाल्दै एनआरटी पुनः शीर्ष स्थानमा पुगेको हो ।
खेलको २०औं मिनेटमा रमेश घिसिङको गोलबाट नयाँबस्तीले प्रारम्भिक अग्रता लियो । ४३औं मिनेटमा राजकुमार घिसिङले जारी लिगमा पहिलो गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । ६३औं मिनेटमा वीरेन्द्र थापाले गोल गर्दै एनआरटीलाई जिताए ।
शुक्रबारै भएको अर्को खेलमा खुमलटार युथ क्लबले सामाजिक युथ क्लबलाई ३–२ ले हरायो । यो खेलपछि सातौं चरणका खेल सकिएका छन् ।
अंकतालिकामा एनआरटी १७ अंकसहित शीर्ष स्थानमा रहँदा १५ अंकको आरसीटी दोस्रो तथा १४ अंकको श्रीकुमारी तेस्रो स्थानमा छन् ।
१३ अंकसहित च्यासल चौथो तथा ११ अंकको ब्वाइज युनियन पाँचौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्