१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


दुई किशोरी सामूहिक बलात्कारको शिकार, संदिग्ध चारजना पक्राउ


0
Shares

नयाँदिल्ली, भदौ ३१ । भारतमा दुई किशोरी सामूहिक बलात्कारको शिकार बनेका छन् ।

दिल्लीको अमन बिहार थानाक्षेत्रस्थित पार्कमा बसिरहेका दुई युवती बलात्कारको शिकार बनेका हुन् ।

घटनामा संलग्न भएको आरोपमा संदिग्ध चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना नाबालिक पनि छन् ।

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाई छ ।

भारतमा बलात्कारको घटना बढ्दै गएपछि कानूनमै परिवर्तन ल्याउनुपर्ने आवाज उठे पनि सरकारले ठोस कदम चालेको छैन । दुई किशोरी बलात्कृत भएको बिरोधमा नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सयौं महिलाले नो रेप नामको प्लेकार्ड बोकी सरकारबिरुद्ध नारा लगाएका छन् । (एजेन्सी)