३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सप्तरीमा झाडापखालाको प्रकोप, ५६ जना प्रभावित


0
Shares

सप्तरी, भदौ ३१ । सप्तरीको जमुनी मधेपुरा गाउँ विकास समिति वडा नम्बर– २ स्थित जमुनी टोलमा झाडापखाला फैलिएको छ ।

चार दिनदेखि उक्त बस्तीमा झाडापखाला फैलिएको हो । हालसम्म ५६ जना झाडापखालाबाट प्रभावित भईसकेका छन्, जसमा अधिकांश बालबालिका छन् ।

शुरुमा बान्ता हुने र पखाला लाग्ने समस्याबाट सर्वसाधारण ग्रसित भएको स्थानीय स्वास्थ्यकर्मी जयकृष्ण गुरमैता यादवले जानकारी दिए । झाडापखाला अनियन्त्रित हुने देखिएपछि सर्वसाधारणमा त्रास फैलिएकाले औषधिसहित चिकित्सकको टोली पठाउन उनले माग गरेका छन् ।

बिरामीको संख्या बढेपछि स्थानीय शारदा निम्न माध्यमिक विद्यालयमा राखेर सामूहिक उपचार थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट स्लाइन पानीसहितको आवश्यक औषधि उपलब्ध गराईए पनि त्यो पर्याप्त हुन नसकेको उपस्वास्थ्य चौकीका प्रमुख क्षत्री साफीले जानकारी दिए ।