१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ब्राजिलमा पूर्वराष्ट्रपति सिल्भालाई भ्रष्टाचारको मुद्दा चल्ने


0
Shares

काठमाडौं, भदौ ३० । ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ ।

ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गर्न लागेको हो ।

यद्यपि, सिल्भाले भने सो पेन्टहाउस आफ्नो स्वामित्वको नभएको जनाउँदै आएका छन् ।

सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलका राष्ट्रपति बनेका सिल्भाले पदमा रहँदा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१८ मा हुने राष्ट्रपतीय चुनावमा राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने तयारीमा रहेका सिल्भामाथि मुद्दा चल्ने भएपछि उनी अप्ठेरोमा परेका छन् । (एजेन्सी)

 

*यस समाचारमा यसअघि भूलबस अर्कै तस्वीर पोस्ट हुन गएकाले सच्याइएको छ–सम्पादक ।