
काठमाडौं, भदौ ३० । भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने प्रस्ताव गरेको छ ।
भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत यस्तो प्रस्ताव गरेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।
‘भारतले करिब १ अर्ब रुपैयाँ लागत अनुमान रहेको फाइबर विछ्याइदिने प्रस्ताव गरेको छ,’ उनले भने । तर उक्त रकम अनुदान वा ऋण के हो भन्नेचाहि निर्क्यौल भइनसकेको उनले जानकारी दिए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्