७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आठ अर्बको गलैंचा निर्यात


0
Shares

काठमाडौं, भदौ ३० । गलैंचा सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ ।

आव २०७२/०७३ मा एक वर्षमा आठ अर्ब ६ करोड रुपैयाँको निर्यात भएपछि गलैंचा पहिलो बनेको हो ।

यसअघि फलाम तथा स्टिलजन्य वस्तु सबैभन्दा बढी निर्यात हुने वस्तुमा पर्थ्यो । गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटेर चार अर्ब ६६ करोडमा खुम्चिएको छ ।

गत वर्ष गलैंचाको निर्यात अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट