
काठमाडौं, भदौ २९ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबार भएका खेलमा श्रीकुमारी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् ।
सशस्त्र प्रहरी मुख्यालय हल्चोक मैदानमा भएको खेलमा श्रीकुमारीले मध्यपुर युथ एसोसिएसनलाई २–१ ले हरायो ।
श्रीकुमारीका लागि सुशीलकुमार यादव र टंकबहादुर सिंदानले एक–एक गोल गरे । पराजित मध्यपुरका अनिश श्रेष्ठले सान्त्वना गोल फर्काए ।
त्यस्तै, च्यासलले पुल्चोक स्पोर्टस् क्लबलाई ३–० ले हरायो । च्यासलका लागि विकेश सुब्बा, पुजन उपरकोटी र सुशन राईले एक–एक गोल गरे ।
यी खेलपछि १४ टोली सहभागी लिगमा ७ खेलबाट १४ अंकसहित श्रीकुमारी दोस्रो तथा १३ अंकसहित च्यासल तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट १४ अंकको एनआरटी शीर्ष स्थानमा कायमै छ ।
६ खेलबाट १२ अंकको आरसीटी चौथो स्थानमा धकेलिँदा मध्यपुर ७ खेलबाट ७ अंकसहित दशौं स्थानमा धकेलिएको छ ।
प्रतिक्रिया दिनुहोस्