
काठमाडौं, भदौ २९ । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति ९ खेल हुँदैछन् ।
मंगलबार राति हुनुपर्ने समूह ‘सी’को इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया एम्ब्याचबीचको खेल खराब मौसमका कारण हुन नसकेपछि बुधबार (आज) राति हुँदैछ ।
त्यस्तै, समूह ‘ई’को खेलमा जर्मन क्लब बायर्न लिभरकुजेनले आफ्नै मैदानमा रसियन क्लब सीएसकेए मस्कोसँग खेल्दैछ ।
त्यस्तै, इंग्लिस क्लब टोटनह्याम हट्सपरले घरेलु मैदानमा फ्रेन्च क्लब मोनाकोसँग खेल्ने कार्यक्रम छ ।
समूह ‘एफ’को खेलमा पोलिस क्लब लेजिया वार्जावाले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग तथा स्पेनिस क्लव रियल मड्रिडले घरेलु मैदानमा पोर्चुगिच क्लब स्पोर्टिङसँग खेल्दैछ ।
त्यस्तै, समूह ‘जी’को खेलमा बेल्जियन क्लब ब्रागले घरेलु मैदानमा इंग्लिस क्लब लेस्टर सिटीसँग खेल्दा पोर्चुगिच क्लब पोर्टोले घरेलु मैदानमा डेनिस क्लब एफसी कोबेनहानसँग खेल्नेछ ।
त्यस्तै, समूह ‘एच’को खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब सेभियासँग तथा फ्रेन्च क्लब लियोंले क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग खेल्ने कार्यक्रम छ ।
सबै खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्