
काठमाडौं, भदौ २९ । पाँच वर्षयता नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ । यस अवधिमा नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको हो ।
उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय अनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
वार्षिक ८० हजार नौ सय २१ रुपैयाँ आय भएका नेपालीले नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०६८÷६९ मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अबै ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् ।
समीक्षा अवधिको अघिल्ला तीन वर्ष नेपालमा वार्षिक २५ अर्बको हाराहारीमा सुन भित्रिए पनि पछिल्लो दुई वर्षमा नेपालमा सुन भित्रिने क्रम कमी आएको छ ।
पछिल्लो समय अवैधानिक बाटोबाट आएको सुनले बजार पाउन थालेपछि वैधानिक सुनको आयातमा कमी आएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्