७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बोक्न सकेजति स्याउ आफन्तलाई सित्तैमा, क्रेतालाई रुपैयाँको ५ ओटा


0
Shares

काठमाडौं, भदौ २९ । तपाई अचेल बाजुराको जुकोट पुग्नु भयो भने अनौठो नमाने हुन्छ– त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् ।

पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउको छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन ।

बेच्न नपाएर स्याउ बारीभरी कुहिन थालेपछि किसानहरुले चौपायालाई खुवाउन थालेका छन् ।

जुकोटमा अधिकांश परिवारमा २÷४ सय स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी हुने यहाँका किसानको आम्दानी भने शुन्यजस्तै लछ ।

यतिबेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति स्याउ सित्तै पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेन लगायत जातका स्याउ रोजी–रोजी रुपैयाँका ५ दाना पाउँछन् ।

सदरमुकाम पु¥याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । –कान्तिपुर दैनिक