
काठमाडौं, भदौ २८ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् मंगलबार भएका खेलमा नयाँबस्ती युथ क्लब र सातदोबाटो युथ विजयी भएका छन् ।
नयाँबस्तीले सामाजिक युथ क्लबलाई ४–३ ले हरायो । २–० ले पछाडि रहेको नयाँबस्तीले फर्ममा फर्कंदै शानदार जित हासिल गरेको हो ।
त्यस्तै, सातदोबाटोले खुमलटार क्लबलाई १–० ले हरायो । सातदोबाटोको जितमा खेलको ३९औं मिनेटमा मनोज थापा मगरले निर्णायक गोल गरेका हुन् ।
यी खेलपछि लिगमा १४ अंकसहित एनआरटी शीर्ष स्थानमा रहँदा १२ अंकको आरसीटी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, सातदोबाटोको १० तथा नयाँबस्तीको ६ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्