११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नक्कली सवारीचालक अनुमतिपत्र बनाउने समातिए


0
Shares

झापा, भदौ २८ । झापामा नक्कली सवारीचालक अनुमतिपत्र बनाउने चारसहित ९ जनालाई प्रहरीले पक्रेको छ ।

झापाका विभिन्न स्थानबाट सुरक्षाजाँच गर्नेक्रममा नक्कली सवारीचालक अनुमतिपत्र र सरकारी छापासहित उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय, झापाले मंगलबार जनाएको छ ।

पक्राउपर्नेमा झापा पृथ्वीनगरका यामकुमार महत, हल्दिवारीका नवीन आचार्य, सुनील महतो, भद्रपुरका कमिचन राजवंशी, विर्तामोडका विजय यादव, खिलानाथ बास्तोला, पूर्णप्रसाद श्रेष्ठ, गरामनीका अनिल बास्कोटा, गौरादहका उमेशकुमार दास बैरागी छन् ।

उनीहरुले यातायात व्यवस्था कार्यालय मेची, कोसी र बाग्मतीको नाममा नक्कली सवारीचालक अनुमतिपत्र बनाएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।