२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सय दिनभित्र अस्पतालको समस्या समाधान गर्न स्वास्थ्यमन्त्रीले दिए निर्देशन


0
Shares

काठमाडौं, भदौ २८ । स्वास्थ्य मन्त्री गगन थापाले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन् । थापा स्वास्थ्य मन्त्री भएसँगै राजधानीका सरकारी अस्पतालका के कस्ता समस्या छन् भनि निरीक्षण गरिरहेका छन् ।

मन्त्री थापासमक्ष चिकित्सकहरुले अस्पतालको समस्याबारे जानकारी गराएका थिए ।

१८ शैयाको मात्र आईसीयू कक्ष रहेकाले समस्या भएको, इमरजेन्सीको व्यवस्थापनमा समस्या, रेडियोलेजीमा ११ औं तहको दरबन्दी रिक्त, कर्मचारीको अभावलगायतका समस्या मन्त्री थापासमक्ष चिकित्सकहरुले राखेका थिए ।

यसक्रममा स्वास्थ्य मन्त्री थापाले अपस्तालका समस्या बुझेर समाधान गर्दै जाने बताए ।

सरकारले सरकारी अस्पतालहरुमा सय दिने कार्यक्रम सञ्चालन गरेको जानकारी गराउँदै स्वास्थ्य मन्त्री थापाले सय दिनभित्र अस्पतालमा भएको समस्या समाधान गर्न पनि निर्देशन दिए ।

५२ शैयाको आईसीयू कक्ष बनाउन र अरु समस्या समाधानका लागि आर्थिक सहयोग जुटाउन मन्त्रालयले सहयोग गर्ने बचन उनले दिए ।

एक सय दिनभित्र कान्ति बाल अस्पताल राम्रो अस्पताल बन्नुपर्ने, सेवा नपाएर विरामी निजी अस्पतालमा जाने अवस्था आउन नदिन मन्त्री थापाले निर्देशन दिए ।

अस्पतालको सरसफाईलाई उच्च प्राथमिकतामा राख्न, सूचना कक्ष राम्रो बनाउन, अबको सय दिनभित्र अस्पतालभित्र छिरेपछि उच्चस्तरको बाल अस्पताल हुनुपर्ने भन्दै उनले विरामीलाई राम्रो सेवा दिन उनले अस्पताललाई आग्रह गरे ।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उपे्रतीले सरकारी अस्पतालले आफै फार्मेसी सेवा सञ्चालन गर्न निर्देशन दिए ।