
काठमाडौं, भदौ २८ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।
कुल ४९ स्वर्ण पदकसहित चीन शिर्ष स्थानमा रहँदा २७ स्वर्ण पदक जितेको बेलायतले दोस्रो स्थानमा पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको युक्रेनले २२ स्वर्ण पदक जितेको छ ।
यसैगरी १६ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने आयोजक ब्राजिलले ८ स्वर्ण पदक जितेको छ ।
पारा ओलम्पिकमा हालसम्म ५३ देशले स्वर्ण पदक जित्दा कुल ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्