१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


युएफा च्याम्पियन्स लिग मंगलबार देखि, यस्तो छ खेल तालिका


0
Shares

काठमाडौं, भदौ २८ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबल आजबाट सुरु हुँदैछन् ।

मंगलबार(आज) राति विभिन्न समुहका ८ खेल हुँदैछन् । समुहको ए को खेलमा फ्रान्सको पेरिस सेन्ट जमेर्न पिएसजी र इङ्ल्यान्डको आर्सनल भिड्दा स्विट्जरल्याण्डको एफसी बाजलले बुल्गेरियाको लुदोगोरेट्स राजगार्डसँग खेल्नेछ ।

यसैगरी समुह बी का खेलहरुमा पोर्चुगलको बेनिफिका र टर्कीको बेसिक्टास तथा युक्रेनको डाईनामो किभ र ईटालीको नापोली भिड्नेछन् ।

समुह सी को खेलमा स्पेनको बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकसँग खेल्दा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसीया एम्ब्याचसँग खेल्नेछ ।

यसैगरी मंगलबार राति हुने समुह डि का खेलहरुमा जर्मनीको बायर्न म्युनिख र रुसको एफसी रोस्तोभ तथा नेदरल्यानण्ड्को पि।एस।भी आईन्डोभन र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् ।

च्याम्पियन्स लिग फुटबलका बाँकी ४ समुहका लिग खेलहरु बुधबार राति हुनेछन् ।