४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

मानिसभित्रको राक्षसी प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ : ओली


0
Shares

काठमाडौं, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेलिबेटी बेचबिखनका तरिका फेरिएपनि बेचबिखन नरोकिएको भन्दै त्यसविरुद्ध राज्य र समाज उत्तिकै जिम्मेवार बनेर लाग्नुपर्ने बताएका छन् ।

सुनिता दनुवारको पुस्तक ‘आँसुको शक्ति’को सोमबार राजधानीमा लोकार्पण गर्दै उनले ‘मानिसभित्रको राक्षसी प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ’–भने ।

कार्यक्रममा पुस्तककी लेखिका सुनिता दनुवारले आफ्नो कथाबाट धेरै दिदीबहिनीलाई जीवन जीउने प्रेरणा मिलोस् र सुरक्षा मिलोस् भनेर किताब निकालेको बताइन् ।

आँसुको शक्तिमा लेखिका दनुवार स्वयंले भोगेको दुःख, कस्ट र संघर्ष समेटिएको छ ।