२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाली भाषाको ‘वर्णविन्यास बिगार्ने निर्णय’विरुद्ध रत्नपार्कमा विरोध


0
Shares

काठमाडौं, भदौ २७ । नेपाली भाषाको प्रचलित वर्णविन्यासलाई बिगार्ने गरी मन्त्रीस्तरबाट गरिएको निर्णय तत्काल खारेज गर्न बुद्धिजीवीहरुले माग गरेका छन् ।

काठमाडौंको रत्नपार्कमा सोमबार ‘२५ प्लस’ समूहले गरेको विरोध कार्यक्रममा उनीहरुले भाषामाथि भइरहेको अनाधिकृत हस्तक्षेपलाई तत्काल फिर्ता लिन माग गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिनसमेत चेतावनी दिए ।

वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ संयोजक रहेको सो समूहमा आवद्ध व्यक्तिहरुले नेपाली भाषाको मौलिकता र विशेषतालाई कायम राख्न माग गर्दै नेपालका अरु भाषाहरुलाईसमेत बिगार्ने षडयन्त्र भइरहेको बताए ।