२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


चिकित्सक संघमा नयाँ नेतृत्व चयन, फेरि प्रजातान्त्रिक समूहकै वर्चश्व


0
Shares

काठमाडौं, भदौ २७ । नेपाल चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा. मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनी १ हजार ६ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन् ।
डा. श्रेष्ठका प्रतिद्वन्द्वी डा. रमेश ढकालले १ हजार १ सय ३२ मत प्राप्त गरे ।

कांग्रेस निकट प्रजातान्त्रिक समूहले कोषाध्यक्ष पदबाहेक कार्यसमितिका अन्य सबै पदमा विजय प्राप्त गरेको छ । संगठनमा यसअघि पनि प्रजातान्त्रिक समूहकै वर्चश्व थियो ।

वरिष्ठ उपाध्यक्षमा डा. ढुण्डिराज पौडेलले १ हजार ६ सय १७, उपाध्यक्षमा डा. मुकुन्द दाहालले १ हजार ५ सय ९ र महासचिवमा डा. लोचन कार्की १ हजार ३ सय मत प्राप्त गरी विजयी भए ।

त्यस्तै कोषाध्यक्षमा भने समावेशी समूहका डा. रक्षा श्रेष्ठले १ हजार ४ सय ३९ मत प्राप्त गरी विजयी हुँदा सहसचिवमा डा. अभिमन्यू झा १ हजार ४ सय ५८, सहकोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी १ हजार ३ सय ७४ मत प्राप्त गरी विजयी भए ।

सदस्यमा सञ्जीव तिवारी, शैलेश प्रधान, अनिलविक्रम कार्की, कृष्ण पौडेल, विश्वराज दवाडी र बद्री रिजाल निर्वाचित भएका छन् ।

उपत्यका र उपत्यका बाहिर दुई चरणमा सम्पन्न निर्वाचनमा २ हजार ८ सय ६९ मत खसेको थियो ।