१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


उत्तर कोरिया छैठौं परमाणु परीक्षणको तयारीमा


0
Shares

काठमाडौं, भदौ २७ । पाँचौं परमाणु परीक्षण गरी थप विवादमा परेको उत्तर कोरियाले छैठौं परमाणु परीक्षणको तयारी गरेको छ ।

उत्तर कोरियाको समाचार एजेन्सी योन्हापका अनुसार यसका लागि उत्तर कोरिया पूर्णरुपमा तयारी अवस्थामा छ ।

उत्तर कोरियाले आणविक परीक्षणका लागि तीन वटा सुरुङ निर्माण गरेकोमा दुई सुरुङको प्रयोग गरिसकेको छ भने एक सुरुङको प्रयोग हालसम्म नगरेको र छैठौ परीक्षण सोही सुरुङमार्फत गर्ने तयारी गरेको बताइएको छ ।

यता दक्षिण कोरियाले भने उत्तरले कुनै पनि आणविक परमाणु परीक्षण गरे राजधानी प्योङयाङमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

पाँचौं परमाणु परीक्षणपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाउने तयारी गरिसकेको छ भने अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने बिषयमा गम्भीर छलफल भइरहेको जनाएको छ ।(एजेन्सी)