७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालमा उत्पादित विद्युत निर्यातका लागि दाहालले भारतलाई प्रस्ताव गर्ने


0
Shares

काठमाडौं, भदौ २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् ।

यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुली भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका हुन् ।

हाल भारतबाट नेपालमा दैनिक ३ सय मेगावाट बराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना छैन ।

नेपाल र भारतबीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ । -कारोबार दैनिकबाट