७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उच्च अदालत गठनका लागि कानुनी बाटो खुला


0
Shares

काठमाडौं, भदौ २७ । सरकारलाई उच्च अदालत गठन गर्नका लागि कानुनी बाटो खुलेको छ ।

संसदमा विचाराधीन न्याय प्रशासन विधेयक पारितसँगै हालका पुनरावेदन अदालत विघटन गरी उच्च अदालत गठनको कानुनी आधार तयार भएको हो ।

संवैधानिक प्रावधानअनुसार आउँदो एक साताभित्र उच्च अदालत गठन भइसक्नु पर्ने छ । संविधान जारी भएको एक वर्षभित्र उच्च अदालत गठन हुनुपर्ने मितिले असोज २ गतेसम्म उच्च अदालत गठन हुनुपर्ने छ ।

पारित विधेयक प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भएसँगै सरकारले न्याय परिषदको परामर्शमा उच्च अदालत गठनको प्रक्रिया अघि बढाउने छ । –गोरखापत्र दैनिकबाट